विप्लवका कार्यकर्ताद्वारा सिसुवाटार प्रहरी चौकीमा आक्रमण

सफल खबर संवाददाता

सोमबार, १६ असार २०७६, १२ : ३५
विप्लवका कार्यकर्ताद्वारा सिसुवाटार प्रहरी चौकीमा आक्रमण

संखुवासभा । संखुवासभाको सिसुवाटार गाउँपालिकास्थित सिसुवाटार प्रहरी चौकीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको हतियारधारी एक समूहले आक्रमणको प्रयास गरेको छ । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार सोमबार बिहानै हतियारधारी समूहले चौकीमा रहेका प्रहरी टोलीमाथि फायर खोलेको थियो । विद्रोही समूहले फायर खोल्ने बित्तिकै प्रहरी टोलीले जवाफी फायरिङ्ग गरेपछि उनीहरु भागेको सिसुवाटार प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट सिसुवाटारका लागि प्रहरी टोली पठाइएको र त्यो ठाउँमा पुग्न एक दिन लाग्ने प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । अहिलेसम्म धनजनको क्षतिबारे कुनै जानकारी आइसकेको छैन ।
 

प्रतिक्रिया दिनुहोस