डा बाबुराम भट्टराई र करिश्मा मानन्धरबीच ‘वाकयु्द्ध’

सफल खबर संवाददाता

सोमबार, १६ असार २०७६, १० : ३१
डा बाबुराम भट्टराई र करिश्मा मानन्धरबीच ‘वाकयु्द्ध’

काठमाडौं । कुनै समय पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइृलाई असाध्यै आदर गर्ने नायिका करिश्मा मानन्धर अचेल भट्टराईसँग निक्कै आक्रोशित हुन पुगेकी छिन् ।

भट्टराईकै प्रेरणामा राजनीतिमा छिरेकी उनले अहिले डा बाबुरामको पार्टीबाट साथ मात्रै छोडेकी छैनन्, उनको फोन समेत उठाउदिन भनेर सार्वजनिक अभिब्यक्ति नै दिन थालेकी छिन् ।

अखिर करिश्मा– बा्बुरामका बीचमा फोन समेत एक अर्काले गरेको नउठाउने तहसम्मै परेको विवादको चुरो कुरो के हो ? अनेक टिप्पणी अहिले राजनीतिमा शुरु भएको छ । करिश्माले भट्टराईसँग राजनीतिक म्यानेजमेन्टको कमी रहेको आरोप लगाएपछि दुबबीच आरोप÷प्रत्यारोप चल्न शुरु गरेको छ । मन मिल्दा र एउटै पार्टीमा रहदा सम्म खराबै भएपनि राम्रो र चाट्ने र मन नमिल्दा र फरक बाटो लाग्ने बित्तिकै सबैभन्दा खराब र दुश्मनीपूर्ण सम्बन्ध राजनीतिमा देखिनु नौलो कुरा होइन ।

डा बाबुराम र करिश्माको पछिल्लो वाकयुद्धलाई पनि त्यसैगरी बुझ्न सकिन्छ । तर यसको अन्र्तयमा लुकेको गुदी कुरो के हो भन्ने बारेमा भने अझै केही खुलेको छैन ।

भट्टराई पक्षबाट करिश्मा दुई वर्षका लागि अध्ययनमा रहनु पर्ने भएकोले राजनीतिक जीवनबाट विदामा बसेको प्रतिक्रिया आउने बित्तिकै करिश्मा भटटराईसँग आक्रोशित भएकी छिन् ।

उनले एक अनलाइन युटुवर पोर्टललाई दिएको अन्र्तवार्तामा भट्टराईको पार्टीमा आफु नरहेको र उनको चुनाव प्रचारका लागि मात्र खटिने नागरिक आफु नभएको बुझ्न आग्रह गरेपछि वाकयुद्दको श्रृंखला शुरु भएको हो ।

‘डा भट्टराईले दुई वर्षको छुट्टी लिएको भनेर भन्नुभएको रहेछ । उहाँलाई कुनै नोटिफिकेसन मैले दिएको छैन ।  उहाको फोन पनि उठाउदिन । दुई वर्ष पछि चुनाव आउछ त्यसपछि फेरि चुनावमा प्रचारमा हिड्न भनेको हो की ! म त्यस्तो मान्छे होइन । म उहासँग छैन । ’ करिश्माले उक्त युटुवर अनलाइनलाई दिएको अन्र्तवार्तामा भनेकी थिइन्, –‘सरी डाक्टर भट्टराई । तपाईका बारेमा म धेरै बोल्न चाहदिन । हरेक मान्छेको आ –आफनो अधिकार हुन्छ । म उहाँको पार्टीमा छैन । ज्ञान र विज्ञानले मात्र हुदैन । म्यानेजमेन्ट पनि हो राजनीति । त्यो उहामा देखिएन । 

करिश्मा कडा भएर आएपछि डा बाबुरामको सचिवालयले पनि उनको अभिब्यक्तिमा टिप्पणी गरेको छ । डा भट्टराईका सहयोगी तथा नेता विश्वदिप पाण्डेले एकीकृत पार्टीको पदाधिकारी नपाएपछि करिश्माले असन्तुष्टि जनाएको आरोप लगाएका छन् ।

उनले सामाजिक सन्जालमै लामो टिप्पणी लेख्दै त्यस्तो आरोप करिश्मामाथी लगाएका हुन् । नयाँ शक्ति र संघीय फोरम बनेर समाजवादी पार्टी नेपाल बनेपछिको कार्यसमितिमा पदाधिकारी नपरेपछि करिश्माको यस्तो अभिब्यक्ति सार्वजनिक भएको पाण्डेको जिकिर छ ।

विश्वदिपले लेखेका थिए, –‘उहाँले असन्तुष्टि जनाउनुभयो कि २५ जना पदाधिकारी मञ्चमा हुँदा म पनि हुनुपर्‍थ्यो भन्दै मेरो अपमान भयो भन्नुभयो उहाँले । पछि मैले भेटौं, कुरा गरौं भनेर साँग्रीला होटलमा बोलाएर करिब ४५ मिनेट कुरा भयो हाम्रो । राजनीतिमा तलमाथि हुन्छ, यस्तो कुरामा असन्तुष्टि जनाउनु हुँदैन, राजनीति सहजभन्दा ज्यादा जटील यात्रा हो, धैर्यता चाहिन्छ भनेर सम्झाएको थिएँ मैले ।’

त्यसो त पाण्डेले करिश्माको असन्तुष्टि कुनै विचारमा नभई पदमै मात्र रहेको मात्र बताए । उनलाई पार्टीले पदाधिकारीमा समेट्न नसकेपनि राजनीतिक समितिमा समेट्ने बचन दिएपनि अनेक लान्छना लगाउँदै पार्टी छोडेको आरोप पाण्डेको छ । उनले भनेका छन्, –‘अहिले पदाधिकारीपछिको ठूलो अंग राजनीतिक समिति हुन्छ, राजनीतिक निर्णय त्यही समितिले गर्छ, त्यसैले अहिले राजनीतिक समितिमा बसेर सँगै मिलेर काम गरौं, तपाईंलाई अगाडिको राजनीतिक यात्रामा सहयोग गर्न डा. भट्टराई लगायत हामी सबै छौं भनेको थिएँ । पछि १० मिनेट डा भट्टराई सहित पनि हामी बस्यौं । अनि हासिखुशी त्यहाँबाट बिदा भयौं । पछि उहाँ घर पुगेर मलाई अर्कै पार्टीको फलानोले फोन गरेर यसोयसो भन्यो मैले किन भेट्ने उसलाई पनि भन्नुभयो । राजनीतिमा कर्टेसी मेन्टेन गर्दा केही फरक पर्दैन, भेट्दा हुन्छ भनें मैले । उहाँले हैन विचार नै मिल्दैन किन भेट्ने भन्नुभयो । अनि मैले मन नभए नभेट्नुस भनें । तर रातभरमा के भयो कुन्नी उहाँले बिहानै पार्टी छोडेको सन्देश दिनुभयो । सारमा उहाँको माग भनेको पदाधिकारीमा म पनि हुनुपर्छ भन्ने थियो, जुन भोलिको दिनमा सम्भावना थियो, तर अहिले तत्कालै थिएन । करिश्माजीको असहमति कुनै विचारमा, पद्धतिमा होइन ।’

करिश्माले भने राजनीतिमा लाग्ने भनेको सक्रिय पार्टीमा लाग्नु हुने बताउँदै भोलिका दिनमा कुनै पार्टीमा जोडिन सक्ने तर्फ संकेत गरेकी छिन् । उनले भनिन्, –‘राजनीतिमा लाग्ने भनेपछि कुनै न कुनै सक्रिय पार्टीमा लाग्नै पर्छ । भोलिका दिनमा म सहभागी भए पनि अन्यथा नलिनु होला तर अहिले त्यसैमा लाग्ने भन्ने छैन । ’

बाबुराम निवासमा निकटवर्तीहरुको भोज

त्यसो त नयाँ शक्तिलाई तीन वर्ष पुग्दा नपुग्दै भत्काएर संघीय समाजवादीसँग पार्टी एकता गरेपछि डा बाबुराम भट्टराईले आफु निकटवर्तीहरुलाइृ निवासमै भोज खुवाएका छन् । झण्डै ६०÷७० जना आफु निकटवर्तीलाई बोलाएर उनले पछिल्लो राजनीतिक घटनाक्रमको ब्रिफिङ मात्र गरेनन, भोज समेत खुवाएर पठाएका थिए । त्यसपछि भने भट्टरार्इृ असार १५ को रोपाईको लागि गोरखा पालुङटार तिर लागेका थिए । त्यहा उनले रोपाईमा हल गोरु बाट खेत जोत्दै गरेको तस्बिर भाईरल समेत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस