पोखरामा हिलो खेलेर विदेशी पर्यटकले पनि मनाए धान दिवस (फोटोफिचर)

सफल खबर संवाददाता

आइतबार, १५ असार २०७६, १८ : ३६
पोखरामा हिलो खेलेर विदेशी पर्यटकले पनि मनाए धान दिवस (फोटोफिचर)

पोखरा । पोखरामा पर्यटकहरुले एकाआपसमा हिलो खेलेर धान दिवसको मज्जा लिएका छन् । धान दिवसको अवसर पारेर पोखरा पर्यटन परिषद्ले पोखरा महानगरपालिका १७ महतगौंडामा आयोजना गरेको १६ औं रोपाईं महोत्सवमा विदेशी पर्यटकहरुले स्थानीयसँग मिलेर एकआपसमा हिलो छ्यापेर रमाइलो गरेका हुन् ।

पर्यटकहरुले रोपारेहरुको सिको गर्दै धान पनि रोपे । जानि नजानि असारे भाका पनि गाए । तछाड्मछाड् गर्दै एकाआपसमा हिलो छ्याप्दै गलामा धानकै माला, निधारमा माटोको टिका लगाएर पञ्चे बाजाको धुनमा मज्जैले नाँचे ।

पर्यटकहरुले हिले दौड, रोपाई प्रतियोगिता, हिलोमा माछा समाउने, गोरु दौड प्रतियोगिताको पनि मज्जा लिन भ्याए । महोत्सव हेर्न गएकाहरु पनि उनीहरुसँगै रमाए । खेतको आलीमा बसेकाहरुलाई हिलो छ्याप्दा छेउमा बस्नेहरु भागदौड गर्दा माहोल निकै रोमाञ्चक बनेको थियो । पर्यटक हिलोले चिन्नै नसक्ने हुँदा पनि खुसी देखिन्थे ।

प्रतिक्रिया दिनुहोस