डा. बाबुराम भट्टराई रोपाईं गर्न खेत जोत्दै (तस्विरमा हेर्नुहोस्)

सफल खबर संवाददाता

आइतबार, १५ असार २०७६, १७ : ३०
डा. बाबुराम भट्टराई रोपाईं गर्न खेत जोत्दै (तस्विरमा हेर्नुहोस्)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई रोपाईं गर्न आफ्नो गाउँ पुगेका छन् । धान दिवसको अवसर पारेर डा. भट्टराई गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङ-ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् । 

जहाँ डा. भट्टराई अरु किसानसँगै रोपाईँ कार्यक्रममा सहभागी भएका छन् । डा. भट्टराईले आफ्नो फेसबुकमा हो हो तारे हो हो ! हो हो माले होहो ! भन्दै असारे कामको रमाइलो माहोला झल्किने फोटो राखेका छन् ।

डा. भट्टराईले सार्वजनिक गरेको फोटोमा उनी खेतमा गोरु साउँदै गरेका देखिन्छन्, भने कालो ह्याट, हाफ बाहुले कमिज र कट्टुमा  हिलाम्मे देखिन्छन् । 
तस्विरहरु : डा. बाबुराम भट्टराईको फेसबुकबाट​

प्रतिक्रिया दिनुहोस