संविधान संशोधन हुन्छ भन्ने डरले मधेस केन्द्रित दलहरु कांग्रेससँग मिले : ओली

शुक्रबार, १२ माघ २०७४, १५ : २५
संविधान संशोधन हुन्छ भन्ने डरले मधेस केन्द्रित दलहरु कांग्रेससँग मिले : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन हुन्छ भन्ने डरले मधेस केन्द्रित दलहरु कांग्रेससँग मिल्न गएको आरोप लगाएका छन् ।

समुदायिक रेडियो प्रशारक संघको पोखरा सम्मेलनलाई सम्बोधन गर्दै ओलीले वाम र मधेसी गठबन्धन मिल्दा दुई तिहाई पुग्ने बताए । संविधान संशोधन हल्ला गर्ने विषय नभएको भन्दै उनले भने, ‘यदि संविधानमा कुनै विभेद छ भन्ने आउनुस्, छलफल गरौं । तत्काल हटाइन्छ ।’

ओलीले भने, तयार हुनुहुन्छ रु भाग्नुहुन्छ । किनभने संशोधन भयो भने मुद्दा नै सकिन्छ ।’

सरकारले ल्याएको संशोधन प्रस्तावको विरोध गरेको तर, संविधान संशोधन हुनै सक्दैन नभनेको ओलीले बताए ।

त्यसअघि राजपा महासचिव मनिष सुमनले संविधान संशोधन हुनु पर्ने बताएका थिए भने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनताको असन्तुष्टि सम्बोधन हुनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस