एसईई नतिजा नराम्रो आएको कारण चन्द्रागिरीमा एक किशोरीले गरिन् आत्महत्या

सफल खबर संवाददाता

शनिबार, १४ असार २०७६, २० : ५४
एसईई नतिजा नराम्रो आएको कारण चन्द्रागिरीमा एक किशोरीले गरिन् आत्महत्या

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एसईई परिक्षाको नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् । 

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले आत्महत्या गरेको हुनसक्ने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस