काठमाडाैंमा युवतीमाथि श्रृंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने व्यक्ति पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०७६, ०९ : ५३
काठमाडाैंमा युवतीमाथि श्रृंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने व्यक्ति पक्राउ

काठमाडौं । युवतीमाथि सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंले रामेछापका उनलाई गएराती महाराजगन्जबाटै पक्राउ गरेको हो । उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस