सांसद शान्ता चौधरीले एसईईमा ल्याइन २.६५ जीपीए

सफल खबर संवाददाता

विहीबार, १२ असार २०७६, १९ : ४२
सांसद शान्ता चौधरीले एसईईमा ल्याइन २.६५ जीपीए

काठमाडौं । नेकपाकी सांसद शान्ता चौधरीले एसईईमा २.६५ जीपीए ल्याएकी छन् । यसअनुसार उनले बी ग्रेड ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् ।

चौधरीले महेन्द्र मावि तुलसीपुरबाट परीक्षा फर्म भरेकी थिइन् । उनी २०७३ सालमा मावि डाडागाउँमा कक्षा आठमा भर्ना भएकी थिइन् । ८ र ९ कक्षामा उनी नियमित कक्षामा सहभागी भएकी थिइन् भने १० कक्षामा भने विद्यालयमा नगई पढेकी थिइन् । 

यो पनि

करिश्माले एसईईमा ल्याइन ३ जिपिए

प्रतिक्रिया दिनुहोस