१८ लाख आप्रवासीलाई नागरिकता दिन ट्रम्पको यस्तो शर्त

शुक्रबार, १२ माघ २०७४, १२ : ०२
१८ लाख आप्रवासीलाई नागरिकता दिन ट्रम्पको यस्तो शर्त

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयले आफ्ना केही मुद्दामा सहमति भए डेमोक्र्याटले चाहेजस्तो १८ लाख आप्रवासीलाई नागरिकता दिन तयार रहेको बताएको छ ।

यो रुपरेखा ट्रम्पका एक शीर्ष सहयोगी स्टेफन मिलरले रिपब्लिकनको भेलामा बताएका थिए ।यो भेला डेमोक्र्याटसँग संसदीय लेनदेनको बहस हुनु अघि डाकिएका थियो ।सोमबार सार्वजनिक गर्न लागिएको प्रस्तावि त विधयकले मेक् सिकोसँगको सीमानामा पर्खाल निर्माण गर्न २५ अर्ब डलरको माग गरेको छ ।
यही साता डेमोक्रेटिक नेता चक सुमरले पर्खाल निर्माणको विरोध गर्ने जनाएका थिए ।

यसको पुर्ण खाका बिहिवार बोलाइएको रिपब्लिकन संसदीय सहयोगी र ह्वाइट हाउस नीति प्रमुख स्टेफन मिलरबीच बोलाइएको भेलामा आएको थियो । योजना अनुसार आगामी १०–१२ वर्षको रोडम्याप बनाएर १८ लाख व्यक्तिलाई नागरिकता प्रदान गरिनेछ ।

यो सङ्ख्यामा आमा–बुवा अमेरिका गैरकानुनी रुपमा प्रवेश गर्दा तीसँगै रहेका बच्चा ७ लाख छन । जसलाई ओबामाको सरकारले ल्याएको ‘डाका’ नामक कार्यक्रमले घर फिर्ता हुनबाट संरक्षित गर्छ ।बाँकी ११ लाख ‘डाका’ कार्यक्रममा  आवेदन नदिएता पनि सो कार्यक्रमका लागि योग्य रहेका छन् ।ह्वाइट हाउसले प्रदान गरेको ‘ब्लु–प्रिन्ट’ले डोनाल्ड ट्रम्पले आलोचना गर्ने अरु थप दुई प्रयास पनि अन्त्य गर्न चाहेको छ ।

यसले ‘चेन’ बसाइसराइलाई नियमन गर्न प्रयास गरेको छ । जसले अमेरिकी  निवासी व्यक्तिले श्रीमान-श्रीमती र छोराछोरी बाहेक परिवारका बाँकी सदस्यलाई अमेरिकाका लागि भीसा प्रदान गर्न सक्ने अधिकार बन्द गर्नेछ ।साथै ह्वाइट हाउसले डीभी चिठ्ठा पूर्णरुपमा अन्त्य गर्न चाहेको छ ।
डीभी चिठ्ठा अन्तर्गत विश्वभरबाट ५० हजार व्यक्तिले प्रत्यक वर्ष ग्रीन कार्ड पाउछन् ।

प्रतिक्रिया दिनुहोस