इलामका पाँचजना पत्रकारलाई लेखनवृत्ति

शुक्रबार, १२ माघ २०७४, १० : २३
इलामका पाँचजना पत्रकारलाई लेखनवृत्ति

इलाम । कृषिउपज अलैँची, अदुवा, चिया र दुग्ध पदार्थको व्यावसायिक प्रवद्र्धनका लागि जवाफदेही र जिम्मेवार व्यापार व्यवसाय, अधिकार र व्यावसायिक सुशासनबारे आलेख र रिपोर्ट लेखेबापत इलामका पाँचजना पत्रकारलाई लेखनवृत्ति प्रदान गरिएको छ ।

लेखनवृत्ति पाउनेमा इलाम पोष्ट दैनिकका सन्तोष नेम्बाङ, एभिन्यूज टेलिभिजनका याम मावोहाङ, चियाबारी एफएमकी बन्दना राई, उज्यालो रेडियो नेटवर्ककी सुजाता सुनुवार, माङसेबुङ मासिक खबर पत्रिकाकी ज्ञानु केदेम रहेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले मिडिया लेखनवृत्ति कार्यक्रमअन्तर्गत उनीहरूलाई रु ३०÷३० हजारको चेक दिएको छ ।

डेनमार्क राजदूतावासको आर्थिक सहयोगमा इलामसहित पूर्वका सात जिल्लामा सञ्चालित उन्नति समावेशी परियोजनाको आइएलओद्वारा सञ्चालित च्यालेन्ज एड्भोकेसी फण्ड चुनौती वकालत कोषले यहाँका पाँचजना आदिवासी जनजाति पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको हो ।(रासस)

प्रतिक्रिया दिनुहोस