कुनै एजेण्डामा प्रवेश नगरी टुंगियो नेकपाको सचिवालय बैठक

शनिबार, ०७ असार २०७६, १८ : ०९
कुनै एजेण्डामा प्रवेश नगरी टुंगियो नेकपाको सचिवालय बैठक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठक कुनै एजेण्डामा प्रवेश नगरी टुंगिएको छ ।

प्रधानमन्त्री ओली मुस्लिम समुदायको कार्यक्रम (इदुल फित्र)मा जानुपर्ने भएकोले आज कुनै निर्णय हुन नसकेको सचिवालय सदस्य बामदेव गौतमले जानकारी दिनुभयो । बैठक ढिला गरी सुरु भएकोले कुनै निर्णय हुन नसकेको गौतमले बताउनुभयो ।

पार्टी एकीकरणका बाँकी काम टुंग्याउन, केन्द्रीय सदस्यको कार्यविभाजन र सरकारका मन्त्रीको कामकारवाहीको समीक्षा गर्ने विषयमा बैठक केन्द्रित हुने भनिएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, नेता वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ लगायत सचिवालय सदस्यको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस