विप्लवद्वारा असार १० गते नेपाल बन्दको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, ०६ असार २०७६, १३ : ४९
विप्लवद्वारा असार १० गते नेपाल बन्दको घोषणा

चितवन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । 

नेकपाका महासचिव विप्लवले आज प्रेस वक्तव्य जारी गर्दै पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई बिहीबार (हिजो) प्रहरीले गोली हानी हत्या गरेको विरोधमा बन्द आयोजना गरिएको जनाएका छन् । 

वक्तव्यमा भनिएको छ, ‘पार्टी फासिवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान् सहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गर्दछ । सहिदका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

यस्तो छ विज्ञप्ति

 


 

प्रतिक्रिया दिनुहोस