बाहिर आएको चलचिको ब्यवसायिक रिपोर्ट गलत छः चलचित्र संघ

विहीबार, ११ माघ २०७४, १४ : ४४
बाहिर आएको चलचिको ब्यवसायिक रिपोर्ट गलत छः चलचित्र संघ

काठमाडौं  । चलचित्र प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघले बाहिर आएका हरेक चलचित्रको ब्यवसायिक रिपोर्ट गलत भएको बताएको छ । संघले एक बिज्ञाप्ती जारी गर्दै निर्माता निर्देशकले आफूखुसी बाहिर ल्याएको ब्यवसायिक रिपोट गलत भएको बताएको हो ।
संघको कार्यसमिती वैठकले संचार माध्यममा अहिले निर्माता र वितरकले दिने गरेका चलचित्रको व्यापारिक रिपोर्ट गलत भएको र मिडियामा आए जस्तो व्यापार चलचित्रको नभएको स्पष्ट पारेको हो ।
झुटा रिपोर्टले संचारमाध्यममा दिँदा चलचित्र क्षेत्रलाई नै असर परेको ठहर गर्दै संघले अबदेखि सत्य रिपोर्ट मिडियामा दिन वितरक सदस्यहरु निर्देश गरेको छ ।
यस्तै, चलचित्र संघले आफ्नो ४५ औं साधारण सभा बुटवलमा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस