सिभिल ग्रुपका अध्यक्ष इच्छाराजको यो कस्तो इच्छा ? सिभिल सहकारीको नाममा लुट मच्चाए, निक्षेपकर्तालाई थर्काए

सफल खबर संवाददाता

मंगलबार, ०३ असार २०७६, १३ : ३६
सिभिल ग्रुपका अध्यक्ष इच्छाराजको यो कस्तो इच्छा ? सिभिल सहकारीको नाममा लुट मच्चाए, निक्षेपकर्तालाई थर्काए

काठमाडौं । आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिने हात बताउँदै आएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सिभिल सहकारीको नाममा लुटपाट नै गरेको तथ्य सार्वजनिक भएको छ । सोही खालको समस्या सिभिल बैंकमा समेत देखिएको छ । 
सिभिल बैंकमा उनले सर्वसधारणको निक्षेपलाई जोखिममा पार्ने गरी काम गरिरहेको पत्ता लागेको छ । सिभिल सहकारीमा त उनले निक्षेपकर्तालाई पैसा दिन सक्ने अवस्था रहेको छैन । सिभिल सहकारीको पैसा अपचलन गरी तामाङले मनमौजी तरिकाले खर्च गरेका थिए । संविधानसभा सदस्यका रुपमा तत्कालीन सांसद समेत रहेका तामाङले आफ्नो स्वार्थमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनलाई समेत प्रभावमा पारेका थिए । 
पछिल्ला दिनमा उनले आफू प्रधानमन्त्रीको मान्छे भएकाले नेपाल राष्ट्र बैंकले समेत केही गर्न नसक्ने भन्दै निक्षेपकर्तालाई समेत दुःख दिने गरेका छन् । सिभिल सहकारीमा उनले पैसा झिक्न आउनेलाई अहिले पैसा छैन, पछि आउनु भन्दै फर्काएर पठाउन निर्देशन दिएको बताइन्छ । सो सहकारीका एक कर्मचारीका अनुसार नेपाल राष्ट्र बैंकले आफूलाई केही गर्न नस्क्ने भएकाले कोही कसैबाट पनि चिन्ता नलिन र निक्षेपकर्तालाई पैसा छैन, पछि आउनु भन्दै फर्काउन भनेका छन् । उनले निक्षेपकर्ताको निक्षेपलाई जोखिमा पारेपछि केन्द्रीय बैंकले हालसम्म कुनै पनि एक्सन गरेको छैन । 
अन्य बैंक तथा वित्तीय संस्थामा सामान्य समस्या पर्ने वित्तिकै कारवाहीमा उत्रने राष्ट्र बैंकले सिभिलको हकमा कुनै पनि कारवाही सुरु गरेको छैन । त्यसो त सिभिल बैंक समेत सोही प्रकरणमा तानिएको छ । सहकारीलाई कारवाही गर्ने आधार राष्ट्र बैंकसँग नभएपनि बैंक नै समस्यामा पर्ने गरी भएको चलखेलको विषयमा नै केन्द्रीय बैंक मौन बस्नुले भने आशंका जन्माइदिएको छ । 
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ समेत तामाङको तरिकाले हैरान परेका छन् । उनले बैंकको आर्थिक अवस्था बिग्रदै गएको र सहकारीमा फसेको पैसाको हिसाब मिलाउन बैंकबाट पैसा झिक्न थालिएको भन्दै निकटस्थहरुसँग गुनासो गर्ने गरेका छन् । तर उनको गुनासोलाई लिएर बैंक सञ्चालक समितिले कुनै सुनुवाई समेत नगरेको पाइएको छ । 
बैंकमा नागरिकको पैसा जम्मा हुने भएकाले सो पैसामा खेलबाड गरिनु सोझै गैरकानुनी क्रियाकलाप हो । गैरकानूनी क्रिायकलाप बैंकमा मौलाइरहँदा समेत राष्ट्र बैंक नै चुप लाग्नुले भने संन्देहको घेरा बढाइदिएको छ । सिभिल बैंकका अध्यक्ष समेत तामाङले सिभिल होम्सको नाममा समेत घर खरीद गरेकालाई दुःख दिएको दर्जनौ उजुरी परेपनि कुनै कारवाही भएको छैन । 
कमसल निर्माण सामग्री प्रयोग गरेर निर्माण गरिएको घरमा बस्न नहुने भएको भन्दै केही घर खरीदकर्ताले सिभिल होम्सको ध्यानकर्षण गराएपनि सुनुवाई हुन सकेको छैन । आफू प्रधानमन्त्री र सत्तारुढ दलको अध्यक्षको दाहिने हात भन्दै उनले सबै व्यवसायमा दैनिक जसो नै पीडित थप्दै लगेका छन् । 
पहुँच नभएकालाई चूल्ठेमुन्द्रे लगाएरै भएपनि तह लगाउने गरेका तामाङले अलिक जान्ने सुन्नेलाई भने प्रहरी प्रशासन लगाएर तह लगाउने धम्की समेत दिएका छन् । उनको हर्कत बढ्दै गएको भन्दै नेकपा पार्टी कार्यालयमा समेत तामाङविरुद्ध उजुरी परेको छ । तीन महिना पहिले नै उजुरी परेपनि त्यसको कुनै सुनुवाई भएको छैन । 
शक्तिको दुरुपयोग गर्दै तामाङले मच्चाएको अराजक धन्दालाई लिएर पीडितहरुले क्षतिपूर्ति पाँउ भन्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी गरेको भएपनि हालसम्म सुनुवाई नभएको एक पीडितले बताए । नाम उल्लेख नगरिदिन आग्रह गर्दै ती पीडितले भने मेरो परिचय सार्वजनिक भयो भने तत्काल समस्या पर्न सक्छ । तर तामाङको ज्यादतीले हामी असाध्यै समस्यामा प¥यौ, कहि कतैबाट पनि सुनुवाई भएन । 

सनराइजमा लफडा
सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयलाई लिएर सञ्चालकहरुबीच नै लफडा सुरु भएको छ । स्वतन्त्र ऊर्जा, उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष समेत रहेका शैलेन्द्र गुरागाईले सञ्चालक समिति सदस्यलाई नै गुमराहमा राखेर माछ्रापुच्छ्रे बैंकबाट असफल भएर बाहिरिएका निरज श्रेष्ठलाई सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत बनाइएकोमा गुरागाईले आपत्ति जनाएका छन् । 
श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गर्दा बढी शेयर भएका मालचन्द्र दुगडलाई समेत जानकारी नदिइएको पाइएको छ । वित्तिीय रुपमा समस्या नभएको भएपनि बैंकमा देखिएको खिचातानीले थप समस्या बल्झने देखिएको छ । निरज श्रेष्ठ माछापुच्छ्रे बैंकमा काम गर्न नसकेका कारण कार्यकाल छदा छदै छाडेर हिडेका थिए । 
कुनै पनि संस्थामा लामो समयसम्म काम गर्न नसक्ने श्रेष्ठले सनराइज बैंकलाई नै समस्यामा पर्ने भन्ने भन्दै गुरागाई दुगडलगायतले आपत्ति जनाएका छन् । बैंकमा समस्या देखिएको भन्दै नेपाल राष्ट्र बैंकले समेत चासो देखाएको छ । चार वर्षका लागि नियुक्त भएका श्रेष्ठ सञ्चालकहरुको दबाव धान्न नसकेपछि १६ महिनामा नै जागिर छाडेर कुलेलाम ठोकेका थिए । 
बैंकिङ क्यारियर नै धरापमा पार्ने गरी श्रेष्ठले माछापुच्छ्रेलाई बाईबाई गरेका थिए । क्षमता नभएका, तीन वटा बैंक तथा वित्तीय संस्थामा कार्यकाल नै पूरा नगरी बाहिरिएका निरजलाई कस्को स्वार्थमा सनराइज बैंकमा ल्याइयो भन्दै सञ्चालकहरुले नै आपत्ति जनाएका छन् । उनीहरुले निरज श्रेष्ठका कारण बैंकमा कुनै पनि प्रकारको समस्या आए, निक्षेपकर्ताले बैंकलाई व्श्विास गर्न छाडे भने त्यसको जवाफ कस्ले दिने भन्दै प्रश्न उठाएका थिए ।
 

प्रतिक्रिया दिनुहोस