काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार किर्तीपुरस्थित त्रिवि सेवा आयोगको गेटबाट पार्टी केन्द्रीय सदस्य सूर्य श्रेष्ठसहित सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, सचिवद्वय महेश श्रेष्ठ र सुर्य कार्की, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, सोभा सेञ्चुरी, सागर शाही, नरबहादुर कुमाल लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
विद्यार्थी संगठनका काठमाडौं जिल्ला अध्यक्ष संघर्ष दाहालका अनुसार विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसेका उनीहरुलाई प्रहरीले एक्कासि नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हातपात गरेको र केन्द्रीय सदस्य सुर्य श्रेष्ठ लगायत ३ जना घाइते भएको समेत उनले बताए । नियन्त्रणमा लिएका सबैलाई महानगरीय प्रहरी बृत्त कालीमाटीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०७६, १८ : २६
लेखकबाट थप