बझाङ । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बझाङ सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टागाँउपालिका जाँदै गरेको से. १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठी भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा थप ४ जना गम्भीर घाइते भएका छन् ।
वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्वार गर्न निकै समस्या भएको छ । जीप भिरमा अड्किएको अवस्थामा रहेको छ । उद्वारका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहेका छन् ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरिक्षक सूर्यबहादुर केसीसहितको टोली गएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०७६, १७ : २५
लेखकबाट थप