‘नो अब्जेक्सन लेटर’ एनओसी शिक्षा मन्त्रालयले उपलब्ध गराउन बन्द

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, १७ : ४४
‘नो अब्जेक्सन लेटर’ एनओसी शिक्षा मन्त्रालयले उपलब्ध गराउन बन्द

काठमाडौं । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीका लागि चाहिने ‘नो अब्जेक्सन लेटर’ एनओसी शिक्षा मन्त्रालयले उपलब्ध गराउन बन्द गरेको छ । नेपालबाट भोकेसनल डिप्लोमा अध्ययन तथा भाषा सिक्नका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी उपलब्ध गराउन बन्द गरेको हो । 
एनओसी बन्द गर्नुको कारणबारे भने केही खुलाइएको छैन । हिजो मंगलबारबाट यस्तो लेटर उपलब्ध नभएपछि विद्यार्थीहरु अन्यौलमा परेका छन् । आधिकारिक तथा औपचारिक प्रयोजनका लागि एनओसी आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस