चलचित्र ‘पन्चेबाजा’ को ट्रेलर सार्वजनिक

बुधबार, १० माघ २०७४, १७ : ५०

काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘पन्चेबाजा’को ट्रेलर रिलिज गरिएको छ । बुधबार दरबारमार्ग स्थित क्युज चलचित्र भवनमा एक कार्यक्रमका बिच ट्रेलर रिलिज गरिएको हो ।

सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य अंस हाइलाइट गरिएको छ । ट्रेलरमा चलचित्रका कलाकार सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ, सिर्जना सुब्बा र बुद्धि तामाङ लगायत प्राय सबै अटाएका छन् । ट्रेलरबाट चलचित्रमा सौगात र बुद्धीको अभिनय केही पृथक रहेको अनुमान लगाउन सकिन्छ ।

एउटा गाउँको तीन पात्रको कथा उठाएको चलचित्रमा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाही लगायतको अभिनय छ ।

राजेश शाहीले निर्माण गरेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत दिएका छन् । दीर्घ खड्काको सम्पादन, प्रदीप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि र हरि घले लामाको छायांकन यसमा समेटिएको छ ।

११ फागुन रिलिज मिति तोकेको चलचित्रको केही पहिले सार्वजनिक गीत ‘घिन घिन मादल’ दर्शकले रुचाएका छन् । अञ्जु पन्त र डेविड शंकरको स्वर रहेको गीत सौगात र जस्मिनको अभिनयले सजिएको छ ।

प्रतिक्रिया दिनुहोस