फिल्म रिलिज डेट नजिकिँदै गर्दा किन स्कटल्याण्ड जाँदैछन् अनमोल ?

बुधबार, १० माघ २०७४, १३ : ४४
फिल्म रिलिज डेट नजिकिँदै गर्दा किन स्कटल्याण्ड जाँदैछन्  अनमोल ?

काठमाडौं  । अनमोल केसी अभिनित चलचित्र ‘कृ’को रिलिज मिति आउन अब दुई साता मात्रै बाँकी छ । तर चलचित्रको अझै छायाँकन सकिएको छैन । चलचित्रको एक गीत अझै छायाँकन बाँकी रहेको हो । जसको छायाँकनका लागि निर्माण युनिट निर्माण बिदेश उड्ने तयारीमा रहेको छ ।
बताइए अनुसार चलचित्र ‘कृ’ युनिट बिहिबार गीतको छायाँकनका लागि युरोप प्रस्थान गर्दैछ । स्कटल्याण्डका बिभिन्न स्थानमा गीत छायाँकन गर्ने उद्देश्य सहित निर्माता सुवास गिरी, भुवन केसी, निर्देशक सुरेन्द्र पौडेल, अभिनेता अनमोल केसी र अदीति बुढाथोकी लगायतका युनिट युरोप उड्न लागेका हुन् ।युरोपमा गीतको छायाँकन सकाएर नेपाल फर्किए लगतै गीत पनि सार्वजनिक निर्माण युनिटले जनाएको छ ।
सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रमा अनमोल, अदितीका अलावा सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय रहेको छ ।
सुवास गिरी र भुवन केसीको निमार्ण रहेको ‘कृ’ मा रेनेशा राईको कोरियोग्राफी, अलमोडा उप्रेती राना र विषेश पाण्डेको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस