बर्दिवासमा एक किशोरमाथि एसिड प्रहार

सफल खबर संवाददाता

शनिबार, २५ जेठ २०७६, १३ : २८
बर्दिवासमा एक किशोरमाथि एसिड प्रहार

बर्दिवास । महोत्तरीको बर्दिवासमा एक किशोरमाथि एसिड प्रहार भएको छ । बर्दिबास नगरपालिका वडा–२ का १५ बर्षीय किशोर सुरज मुखियालाई अपरिचत व्यक्तिले अनुहारमा एसिड छ्यापेका हुन् । एसिड प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । 

शुक्रबार राति १० बजेतिर बर्दिवास चोकबाट घर फर्कने क्रममा मुखियालार्इ बर्दिबास चोक नजिकको साघुँरो गल्लीमा अपरिचित व्यक्तिले एसिड छर्केर भागेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए । अहिले उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।
मुखिया बर्दिवासचोकमै कवाडीको काम गर्दै आएका व्यक्ति हुन् । 
 

प्रतिक्रिया दिनुहोस