सुरक्षाको कारण रंगशालाको काम रोकिएको भनि भ्रमपूर्ण समाचार प्रशारण नगर्न प्रहरीको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २४ जेठ २०७६, १७ : २६
सुरक्षाको कारण रंगशालाको काम रोकिएको भनि भ्रमपूर्ण समाचार प्रशारण नगर्न प्रहरीको आग्रह

चितवन । गौतवबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुरक्षाका कारण न रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
भरतपुर महानगरपालिका १५ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको राष्ट्रिय गौरव बोकेको उक्त रंगशाला निर्माणमा सुरक्षाको कमि नभएको प्रहरी कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो । 

विभिन्न सञ्चार माध्यमहरुले सुरक्षाको कारण देखाइ रंगशाला निर्माणको भविष्यप्रति प्रश्न उठाइ घटनालाई अतिरन्जितपूर्ण बनाइ भ्रमपूर्ण समाचार प्रशारण गरिरहेको भन्दै प्रहरी कार्यालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रंगशाला निर्माण स्थलमा २४ सै घण्टा प्रहरी टोली खटाउने व्यवस्था मिलाइएकोले सुरक्षाका कारण रंगशाला निर्माणको काम रोकिएको भनि गलत सन्देश सम्प्रेषण नगर्न प्रहरी कार्यालयले सञ्चारमाध्यमसँग अनुरोध गरेको छ । 

पढ्नुहोस्, विज्ञप्ति​

प्रतिक्रिया दिनुहोस