गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य तत्काल अघि बढाउनुपर्छ : खेलकुदमन्त्री विश्वकर्मा

सफल खबर संवाददाता

शुक्रबार, २४ जेठ २०७६, १६ : २६
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य तत्काल अघि बढाउनुपर्छ : खेलकुदमन्त्री विश्वकर्मा

चितवन । युवा तथा खेलकुदमन्त्री जगदबहादुर विश्वकर्माले चितवनको रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य जतिसक्दो छिटो अगाडि बढाउनुपर्नेमा जोड दिएका छन । शुक्रबार रंगशाला निर्माणस्थलको स्थलगत अवलोकनपछि मन्त्री विश्वकर्माले राष्ट्रिय गौरवको आयोजना कुनै पनि बाहानामा रोकिन नहुने बताएका हुन ।
 
रंगशाला निर्माणमा देखिएका समस्याहरुलाई छलफलको माध्यमबाट समाधान गरेर जतिसक्दो छिटो काम अगाडि बढाउन उनले सम्बन्धीत पक्ष सबैलाई आग्रह पनि गरे । उनले खेलकुदसँगै समग्र मुलुकको समृद्धिका लागि सरकार एक्लैले मात्रै सम्भव नहुने भएकाले निजी क्षेत्र, विभिन्न सरकारी तथा गैह्र सरकारी संघसस्थाले साझा संकल्प गर्नुपर्नेमा जोड दिए । 
धुर्मुस सुन्तली फाउण्डेसन गैह्र सरकारी संस्था भएर पनि राष्ट्रको गौरवको आयोजना निर्माणमा लाग्नु प्रशंसायोग्य रहेको उल्लेख गरेका छन । मन्त्री विश्वकर्माले राम्रो कामममा सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिँदै सरकारले पनि यो आयोजनालाई नजिकबाट नियाली रहेकाले आवश्यक सहयोगसहित निर्णय लिने बताए । 

पछिल्लो समय सेवा सुविधासहितको खेल संरचनाविना नै नेपालको खेल क्षेत्रले अन्तर्राष्ट्रिय रुपमा लिइरहेको विरासतलाई थप उचाइमा पु¥याउन पनि सबै नेपाली मिलेर अन्तर्राष्ट्रिय स्तरको आयोजना सम्पन्न गराउन लाग्नुपर्नेमा जोड दिए । 
रंगशाला निर्माणस्थल क्षेत्रका केही स्थानीयले सडक विस्तारको माग गर्दै जस्तापातासहितको तारबार भत्काएपछि अहिले निर्माण कार्य रोकिएको छ । 

प्रतिक्रिया दिनुहोस