बारामा सिलिन्डर ग्यास पड्किँदा ७ जना घाइते, दुईको अवस्था गम्भीर

सफल खबर संवाददाता

शुक्रबार, २४ जेठ २०७६, १५ : १३
बारामा सिलिन्डर ग्यास पड्किँदा ७ जना घाइते, दुईको अवस्था गम्भीर

सांकेतिक तस्विर

बारा । बाराको डुमरवानामा सिलिन्डर ग्यास पड्किँदा ७ जना घाइते भएका छन् । एकै परिवारका दुई जनासहित ७ जना घाइते भएका हुन् । 

आगलागीमा परी ६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ, त्यसैगरी ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साइमाया वाइबा, ३२ वर्षीया सुकमाया वाइबा घाइते भएका हुन् । घाइते मध्ये दिलमाया, सुकमाया र ज्ञानीमायाको अवस्था गम्भीर छ ।

घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिङको घरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएर सिलिन्डर पड्किएको हो ।  
 
 

प्रतिक्रिया दिनुहोस