कैलालीमा भीषण आँधीहुरीः दर्जनौँ घाइते, सयौं घरको छाना उडायो

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, २२ : १३
कैलालीमा भीषण आँधीहुरीः दर्जनौँ घाइते, सयौं घरको छाना उडायो

काठमाडौं । पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ । करिब आधा घण्टा आएको हावाहुरीमा परी दर्जनौँ घाइते भएका हुन् ।

हावाहुरीका कारण धनगढीमा कम्तीमा १० जना घाइते भएका छन् । यस्तै रुखहरु ढल्नाका ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए । आँधीहरुबाट जिल्लाभरको जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न पुगेकाे छ । अहिले प्रहरीले उद्दार कार्य जारी राखेको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस