प्रचण्डले पाए नयाँ पीएसओ, उनलाई ५९ सुरक्षाकर्मीले सुरक्षा दिने

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, १७ : ४०
प्रचण्डले पाए नयाँ पीएसओ, उनलाई ५९ सुरक्षाकर्मीले सुरक्षा दिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत फेरिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदी प्रचण्डको पीएसओको रुपमा खटिएने  छन् । यसअघि दाहालको सुरक्षामा खटिएका डीएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा गरिएका थिए ।
प्रचण्डमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयको आदेशमा उनको सुरक्षार्थ डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीका ३०  जना गरी ५९ जना खटिने गरेका छन् ।


 

प्रतिक्रिया दिनुहोस