विश्व कीर्तिमान आरोही कामीरिता शेर्पालाई  एक्सपर्ट एजुकेसनको सम्मान

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, १७ : २४
विश्व कीर्तिमान आरोही कामीरिता शेर्पालाई 
एक्सपर्ट एजुकेसनको सम्मान

चितवन । सगरमाथा आरोहणमा विश्व कीर्तिमान राख्नुभएका कामीरिता शेर्पालाई एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस चितवनले आज सम्मान गरेको छ । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले भरतपुरमा गरेको ‘‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’मा कामीरिता शेर्पालाई सम्मान गरिएको हो । 

नेपाली आरोही कामिरिता शेर्पाले २४ औँ पटक सगरमाथा चढेर विश्व कीर्तिमान राखेका हुन् । सोलुखुम्बुको थामे गाउँका ४९ वर्षीय कामीरिताले आफ्नै विश्व कीर्तिमान तोडेका हुन् । सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने आरोहीको सूचीमा दोस्रो स्थानमा रहेका आरोहीहरूभन्दा उनले तीन आरोहण बढी गरेका छन्।

दोस्रो स्थानमा रहेकाहरूमध्ये पर्वतारोहणमा सक्रिय ङिमा नुरु शेर्पा तिब्बततर्फबाट २२औँ आरोहणका लागि प्रयासरत छन्।

सम्मान कार्यक्रममा पत्रकारहरुसँगको जिज्ञासामा आरोही शेर्पाले २५ पटकसम्म सगरमाथा आरोहण गर्ने बताउनुभयो । उहाँले सगरमाथा आरोहीहरुलाई सरकारले उच्च सम्मान गर्नुपर्ने बताउनुभयो । आरोही शेर्पाले सगरमाथालाई विश्वभर चिनाउन आग्रह गर्नुभएको थियो । 


सेमिनारमा एक हजार बढी विद्यार्थीको सहभागी 
भरतपुर गार्डेन रिसोर्टमा भएको एक्सपर्टको सेमिनारमा एक हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म चलेको सेमिनारमा प्रवेश निःशुल्क गरिएको थियो । सेमिनारमा अष्ट्रेलियाका १० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुले परामर्श दिएका  एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो । 

सेमिनारमा चाल्र्स स्टट युनिभर्सिटी, भिक्टोरिया युनिभर्सिटी, युनिभर्सिटी अफ साउथन क्वीन्सल्याण्ड, टोरेन्स युनिभर्सिटी, साउथन क्रस युनिभर्सिटी, होम्स इन्स्टिच्युट, एक्ससेलेसिया कलेज, कप्लान विजनेश स्कुल, क्वीबा, इसिए, ब्राइटन कलेज, अस्मी अष्ट्रेलियन स्किल्स म्यानेजमेन्ट इन्स्टिच्युटका प्रतिनिधिहरुले चितवनका विद्यार्थीहरुलाई परामर्श दिएका निर्देशक अधिकारीले जानकारी दिनुभयो । विभिन्न सामाजिक काम गर्दै आएको एक्सपर्टले यसपटक विश्व कीर्तिमान आरोही शेर्पालाई सम्मान गरेको हो । 

एक्सपर्टको अष्ट्रेलियामा मात्रै आठवटा शाखा कार्यालय रहेको छन् भने चितवनमा यसका २ वटा शाखा कार्यालय रहेका छन् । त्यस्तै नौवटा अन्य देशमा पनि एक्सपर्टले शाखा विस्तार भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस