नेपालको आर्थिक वृद्धिदरको यस्तो आयो प्रेक्षपण

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, १५ : ५०
नेपालको आर्थिक वृद्धिदरको यस्तो आयो प्रेक्षपण

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने भनी विश्व बैंकले प्रेक्षपण गरेको छ । विश्व बंंैंकले आज काठमाडौंमा सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । 

नेपालको अर्थतन्त्र दू्रत गतिमा अघि बढिरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएको दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिन सके नेपालको आर्थिक विकासले फड्को मार्ने देखिएको छ ।  बैंकका दक्षिण एशीयाका वरिष्ठ अर्थशाष्त्री हान्स टिम्मेरले नेपालको आर्थिक वृद्धिदर क्रमशः बढ्दै जाने बताउनुभयो । 

बैंकले पर्यटकको आगमनमा वृद्धि, विद्युत आपूर्तिमा सहज तथा निजी क्षेत्रको लगानीमा भएको विस्तारका कारण व्यापार घाटा बढ्दै जाँदा पनि नेपालको आर्थिक वृद्धिदरमा कमी नहुने बताएको छ ।  सरकारी खर्च भने यो वर्ष निराशाजनक हुने विश्व बैंकको ठहर छ । प्रतिवेदनमा तीन वटै तहमा बलियो सरकार बन्नु नेपालको आर्थिक क्षेत्रको विकासका लागि अवसर भएको पनि बताइएको छ । 

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। युवराज खतिवडाका अनुसार नेपालको व्यापार घाटा बढदै गएपनि चिन्तित हुनुपर्ने अवस्था छैन । अर्थमन्त्री खतिवडाले सीमित स्रोत भित्र रहेर सरकारले असीमित दायित्व पूरा गर्न लागि परे पनि वित्तिय अनशासनलाई पूर्ण पालना गरेको दावी गरे ।

अर्थमन्त्री खतिवडाले सरकारले आन्तरिक उत्पादनलाई जोड दिएको उल्लेख गर्दै त्यसबाट केही वर्ष भित्र व्यापार घाटा अन्त्य गर्ने दावी पनि गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस