एक्सपर्टको ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनारमा विद्यार्थीको घुइँचो

विहीबार, २३ जेठ २०७६, १५ : १३
एक्सपर्टको ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनारमा विद्यार्थीको घुइँचो

चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले आयोजना गरेको ‘ग्राण्ड अष्टे«लियन एजुकेशन सेमिनार’ मा विद्यार्थीहरुको घुँइचो लागेको छ । भरतपुर गार्डेन रिसोर्टमा आज बिहान ११ बजेबाट सुरु भएको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार’ मा परामर्श लिने विद्यार्थीहरुको घुइँचो लागेको हो । 
साँझ ५ बजेसम्म चल्ने सेमिनारमा अष्ट्रेलियाका १२ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि साथै चितवनमा रहेर लामो समयदेखि विद्यार्थीलाई परामर्श दिइरहेका शिक्षकहरुले विद्यार्थीहरुलाई परामर्श दिइरहेको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । 
सेमिनारबाट अष्ट्रेलियन शिक्षा, त्यहाँको एजुकेसन सिस्टम, वातावरण, सँस्कृति लगायतका विविध विषयमा विद्यार्थी र अभिभावकले परामर्श सेवा लिन सक्ने अधिकारीको भनाई छ । हरेक वर्ष यस्ता सेमिनार गर्दै आएको बताउँदै अधिकारीले सेमिनारको मुख्य उद्देश्य उनीहरुलाई अष्टे«लिया पठाउनेभन्दा पनि आवश्यक परामर्श, सही सूचना दिने गरेको बताए । 
२००३ मा स्थापना भएको एक्सपर्टको मुख्य कार्यलय अष्टे«लियाको सिड्नीमा रहेको छ । विभिन्न देशमा रहेको ४२ वटा शाखामार्फत अहिलेसम्म ३० हजार बढी विद्यार्थीले सेवा लिएको बताइएको छ । चितवनमा नारायणगढ र रत्ननगर गरी २ स्थानबाट सेवा प्रदान गरीरहेको अधिकारीले जानकारी दिए । 
एक्सपर्टबाटै अष्टे«लिया जानुपर्छ भन्ने नरहेको भन्दै उनले सही सूचना लिएर अष्टे«लिया गईसकेपछि विभिन्न किसिमका समस्या नआउने ढुक्क भएपछि मात्रै प्रोसेस गर्न पनि सबै विद्यार्थी तथा अभिभावकहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस