संसदमा उठ्यो ‘नाक भाँच्ने’ विषय : मेयर चौधरीलाई कारबाहीको माग

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, १४ : ५९
संसदमा उठ्यो ‘नाक भाँच्ने’ विषय : मेयर चौधरीलाई कारबाहीको माग

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले ‘पत्रकारको नाक भाँच्ने भनी दिएको धम्की’ आज संसदमा पनि उठेको छ । 

आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुजाता परियारले इटहरीका प्रमुखको हर्कत के हो ? मेयर चौधरीले गर्न खोज्या के हो ? भन्दै प्रश्न गरेकी छिन् ।  

राज्यको चौथो अंग नै असुरक्षित बनेपछि अरुको हालत के होला ? सांसद परियारले भनिन्, ‘करोडौं खर्च गेरेर पनि सिद्धाउछु भन्नु कुन लोकतान्त्रिक विधि भित्र पर्छ ?’ उनले मेयर चौधरीलाई कारबाही गर्नुपर्ने बताइने । 

लोकतान्त्रिक विधि र पद्दती सकिएकै हो त भन्दै प्रश्न गरेकी उनले राज्य छ भने तत्काल कारवाही गरेर राज्य भएको अनुभुति दिलाउन सरकारसँग आग्रह गरिन् ।

त्यस्तै सांसद हिरा गुरुङले द्वारिकालाल चौधरीले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएको भन्दै आपत्ति जनाइन् । उनले दुई तिहाइको दम्भमा कम्युनिस्ट सरकारले जनतालाई धम्की दिने काम गरेको आरोप लगाइन् ।

मेयर चौधरीले , ‘पत्रकारलाई तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु’ भनेको विषयले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म तातेको छ ।

प्रतिक्रिया दिनुहोस