सञ्चारमाध्यमबाट हैरानी खेप्दै विप्लव

मिडियामा आएका समाचारको खण्डन गर्नमै एक जना नेता दिनहुँ खटाउनु पर्ने अवस्था

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, ०९ : ००
सञ्चारमाध्यमबाट हैरानी खेप्दै विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथी सरकारले प्रतिबन्ध लगाएको छ । पार्टी प्रतिबन्ध पछि विप्लवले वक्तब्य जारी गदै सरकारलाई नै प्रतिबन्ध लगाउने उदघोष गरे । सरकार र विप्लव अहिले पनि दुवै आ–आफनै तयारीमा छन् । प्रतिबन्ध पछि नै विप्लवका ५ कार्यकर्ताको मृत्यु भईसकेको छ । एक जनाको सुरक्षा कारबाहीमा र अन्य ४ जनाको आफनै आन्तरिक दुर्घटनामा ।

एकीकृत जनक्रान्ति को कार्यनीतिक नारासहित अगाडी बढेको विप्लवको पार्टीको नीति र योजना उनीहरुले सार्वजनिक गरेका छैनन । जसकाकारण सञ्चारमाध्यममा आउने समाचार खण्डन गर्नु र बस्नु विप्लवका पार्टीका लागि अहिले दैनिकी जस्तै बनेको छ ।

पछिल्ला दिनमा विप्लवका नेताहरु सञ्चारमाध्यममा आएका समाचारहरुका बारेमा प्रष्टिकरण दिदैमा हैरानीमा परेका छन् । कहिले कुन सञ्चारमाध्यमका समाचारको त कहिले कुनको । कार्यलय सचिव भेषराज भुषाल (धुव्र) देखि महासचिव विप्लवसम्मकै वक्तब्यहरु आईरहेका छन् सञ्चारमाध्यमका समाचारको खण्डनमा । पार्टीले सञ्चारमाध्यमसँगको प्रष्ट नीति नबनाएको, पार्टीकै आधिकारिक धारणा समेत गोप्य राख्न रुचाएका कारण पनि विप्लवका नेताहरुको सञ्चारमाध्यममा आएका समाचारको खण्डन वक्तब्य धेरै आईरहेका हुन् ।

गत साता कालिकोटमा विप्लवका नेता कार्यकर्ताले नेपाली सेनामा तालिमरत सैनिक जवान अपहरण गरेको समाचार एउटा दैनिक पत्रिकामा प्रकाशित भयो । समाचार प्रकाशित भएकै दिन विप्लव स्वंयले उक्त समाचारको सत्यतामाथी प्रश्न उठाउँदै खण्डन गरे । सेना अपहरणमा परेको विषयमा विप्लवले खण्डन गरेपनि नेपाली सेनाले खण्डन गरेन । सैनिक मुख्यालयमा आफना सैनिक अपहरण परेको सूचना सम्बन्धित सैनिकले नै दर्ता गराएकोमा सेना समाचारको सत्यताकै पक्षमा छ । विप्लवको वक्तब्य पछि आफ्नै सैनिक जवानले कुनै गलत सूचना मुख्यालयमा दर्ता गराएको त छैन ? भन्दै सैनिक मुख्यालयले सुश्म अध्ययन थालेको स्रोतले बताएको छ ।

उक्त समाचारपछि विप्लव पार्टी नेताहरु हैरानीमा परेको केही दिनमै फेरि अर्काे सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनमा विप्लवको पार्टी ले वक्तब्य दियो । एक साप्ताहिक पत्रिकाले काठमाडौं बिस्फोटका विषयमा लेखेको समाचारमा विप्लवको पार्टीले खन्डन वक्तब्य दियो ।

उपत्यका इन्चार्ज प्रज्जवलले आफनो बारेमा लेखिएका समाचारका विषयमा आफैले खन्डन वक्तब्य निकाले । त्यसपछि पनि खन्डन वब्क्तब्य निकाल्न रोकिएको छैन । अर्काे दैनिक पत्रिकाले लेखेको समाचारमा फेरि हिजो मात्रै अर्काे खन्डन वक्तब्य आएको छ, विप्लवको पार्टीबाट । कार्यालय सचिव भेषराज भुषाल (धुव्र)ले उक्त समाचारमा सत्यता नरहेको र पार्टी प्रवक्तामाथी सुनियोजित आक्रमणका साथ समाचार प्रकाशित भएको उनको वक्तब्यमा थियो ।

सोलखुम्वुमा गत आइतबार प्रहरी चौकी कब्जा भएको समाचार दिनभर जसो सञ्चारमाध्यममा आईरहे । त्यसको पनि विप्लवको पार्टीले खन्डन गर्नुपरयो । प्रवक्ता प्रकान्डले वक्तब्य नै दिए, यस्तो घटना भएको पनि छैन र पार्टीको नीति पनि छैन भनेर ।

यी त केही प्रतिनिधी उदाहरण मात्र हुन्, विप्लव नेतृत्वका नेकपाका नेता कार्यकर्ताहरुले सञ्चारमाध्यमबाट पाएका हैरानीका  । ‘एक जना नेता सञ्चारमाध्यममा के आए, कसरी खण्डन गर्ने भन्नेमै खटिनु पर्ने अवस्था आएको छ,’ उक्त पार्टीका एक् केन्द्रीय सदस्यले भने, ‘मिडियाले हैरानी खेलाउन थाल्यो ।’

प्रतिक्रिया दिनुहोस