रंगशाला निर्माणका लागी स्थानियको सद्भाव र्‍याली

‘उठौँ जागौँ क्रिकेट रंगशाला निर्माणमा जुटौँ’

सफल खबर संवाददाता

बुधबार, २२ जेठ २०७६, २० : ५९
रंगशाला निर्माणका लागी स्थानियको सद्भाव र्‍याली

चितवन । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा स्थानियले आज सद्भाव ¥याली निकालेका छन । रंगशाला निर्माणस्थल भरतपुर महानगरपालिका १५, १६ र १७ नम्बर वडाका सयौँ स्थानियले संयुक्त रुपमा सद्भाव र्‍याली निकालेका हुन । 
उनिहरुले ‘उठौँ जागौँ क्रिकेट रंगशाला निर्माणमा जुटौँ’ भन्ने नारा लेखिएको व्यानरसहित रंगशाला निर्माण परिसर भित्र गएर अवलोकन गर्नुका साथै नजिकै रहेको धुमुर्स सुन्तली फाउण्डेसनको साईट अफिसमा पुगेर निर्माणमा एकवद्धता जनाएका थिए । उनिहरुले स्थानियको पुर्ण साथ सहयोग रहेको भन्दै काम निरन्तर अघि बढाउन फाउण्डेसनलाई आग्रह गरे । 
र्‍यालीमा सहभागि स्थानिय नरहरी आचार्यले अब कुनै समस्या नआउने वातावरणका लागी स्थानिय प्रतिवद्ध रहेकाले माथिल्लो तहबाट पनि विशेष पहल गर्न आग्रह गरेका छन । यस्तै वडा न १५ का तुलसी आचार्यले जसरी पनि निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन । उनले रंगशाला बन्दैनकि भन्ने चिन्ताले दिनरात पिरोलिरहेको भन्दै काम रोकिनु नहुने बताए । 
यस्तै भरतपुर १६ का यम बहादुर न्यौपानेले चितवनसहित देशको चौरवको आयोजना निर्माण हुनु भाग्यको कुरा भएकाले जतिसक्दो समस्या समाधान गरी निर्माणकार्य अघि बढाउनुपर्ने भन्दै फाउण्डेसनलाई काम नरोक्न आग्रह गरे । 
स्थानियले रंगशाला बनाउन नदिने सड्यन्त्र गरे भन्ने भ्रम छरीएको भन्दै स्थानिय निर्माण सम्पन्न गराउन यतिबेला कम्मर कसेर लागेका छन । वडा न १५, १६ र १७ का विभिन्न टोल टोलमा सद्भाव भेलामा सहभागि हुन स्थानियलाई माईकिङ पनि गरेका थिए । 

प्रतिक्रिया दिनुहोस