एक्सफर्ट एजुकेशन एण्ड भिजा सर्भिसले अष्ट्रेलियन शैक्षिक सेमिनार गर्ने

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, १९ : १०
एक्सफर्ट एजुकेशन एण्ड भिजा सर्भिसले अष्ट्रेलियन शैक्षिक सेमिनार गर्ने

चितवन । एक्सफर्ट एजुकेशन एण्ड भिजा सर्भिसले चितवनको भरतपुरमा एक दिने अष्ट्रेलियन शैक्षिक सेमिनार आयोजना गर्ने भएको छ ।
अष्ट्रेलियामा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुका लागि सहज वतावरण बनाउने उद्देश्यले यही जेठ २३ गते भरतपुर गार्डेन रिसोर्टमा सेमिनार आयोजना गर्न लागिएको हो । लायन्स चोकमा रहेको एक्सफर्ट एजुकेशन एण्ड भिजा सर्भिसल नेपाली विद्यार्थीहरुलाई सही परामर्श दिएर अष्ट्रेलिया पठाउने गर्दै आएको छ ।


सेमिनारमा अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको प्रत्यक्ष परामर्श विद्यार्थीहरुले लिन पाउनेछन् । एक्सफर्ट एजुकेशन एण्ड भिजा सर्भिस चितवनका शाखा प्रमुख डिल्लिराम अधिकारीले एकै पटकमा १३ वटा अष्ट्रेलियन युनिभरसिटिको प्रत्यक्ष उपस्थितीमा सेमिनार हुने भएकाले विद्यार्थीहरुलाई परामर्शमा लभदायिक हुने विश्वास रहेको बताउनुभयो ।
उक्त सेमिनारमा अष्ट्रेलियाको शिक्षा सम्बन्धी भर्ना प्रक्रिया, त्यहाँ अध्ययन गर्दा पाउने अवसरको बारेमा जानकारी दिइने जानकारी दिनुभयो ।
अष्ट्रेलियाको सिडनीमा मुख्य कार्यालय रहेको एक्सफर्ट एजुकेशन एण्ड भिजा सर्भिसको सोही देशको मुख्य शहरमा ८ शाखा र नेपाललगायत विभिन्न ८ मुलुकमा शाखा खोली विद्यार्थीहरुलाई सेवा गर्दै आइरहेको छ । अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीलगायत अभिभावकहरुलाई एक्सफर्ट एजुकेशन एण्ड भिजा सर्भिसलले उचित परामर्श दिँदै आएको छ । साथै भिजा लागेर अष्ट्रेलिया पुगेका विद्यार्थीहरुलाई त्यहाँ आवश्यक पर्ने सहयोग पनि गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस