काठमाडौं । कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा बर्ष दिनको अवधिमा खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको छ ।
खाडी तथा मलिसियास्थित नेपाली दुताबासका अनुसार सन् २०१७ मा हृदयघात, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपालीको ज्यान गएको हो ।
मृत्यु हुनेमा ३२ जना महिला छन् । दुताबासका अनुसार यस अवधीमा सबैभन्दा बढी मलेसियामा ३ सय ५४ जनाको मृत्यु भएको छ ।
साउदी अरबमा २ सय ८३, कतारमा १ सय ६९ संयुक्त अरब इमिरेट्समा २१, ओमनमा ७, बहराइनमा ६ तथा साइप्रस र सिरियामा एक/एक नेपाली कामदारको मृत्यु भएको छ ।
आत्महत्या र सडक दुर्घटनाबाहेक स्वास्थ्यमैत्री जीनशैली नहुँदा र नियमित स्वास्थ्य परीक्षण सुविधा नपाउँदा हृदयघातका कारण ज्यान जानेको संख्या बढी छ । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ माघ २०७४, १० : ०१
लेखकबाट थप