प्राध्यापकमाथि कालोमोसो दल्ने ६ विद्यार्थी धरौटिमा रिहा

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, २१ : ००
प्राध्यापकमाथि कालोमोसो दल्ने ६ विद्यार्थी धरौटिमा रिहा

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाइदिएको आरोपमा पक्राउ परेका ६ विद्यार्थी धरौटीमा रिहा भएका छन । 
उनिहरुलाई जनही २–२ हजार धरौटिमा विहिवार छाडीएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । सन्तोष खतिवडा, बामदेव रेग्मी, सुसान पौडेल, विमर गौली र मिलन चौधरीलाई गत मंगलवार विश्वविद्यालय परिसरबाटै मोसो दलेको आरोपमा पक्राउ गरीएको थियो ।
दुव्र्यवहारमा संलग्न विद्यार्थीलाई विस्वाविद्यालयले यसअघि नै ६० दिनका लागी निस्कासन गरीसकेको छ ।  घट्नापछि प्राध्यापकहरुले अभद्र व्यवहार गर्ने विद्यार्थीमाथी कार्वाहिको माग गर्दै लगाएको ताला गत वैशाख २६ गत्ते महिना दिनपछि खुलेको थियो । 
 

प्रतिक्रिया दिनुहोस