अष्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको सहसंयोजकमा चितवनका दवाडीको उम्मेदवारी

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, १६ : ५८
अष्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको सहसंयोजकमा चितवनका दवाडीको उम्मेदवारी

चितवन । एनआरएनए अष्ट्रेलियाको क्वीन्सल्यान्ड राज्य समन्वय समितिको सहसंयोजकमा चितवनका प्रमोद दवाडीले उम्मेदवारी दिनुभएको छ । 

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी जुलाईमा हुन गैरहेको निर्वाचनमा ुक्वीन्सल्यान्ड राज्य समन्वय समितीको सहसंयोजकको पदमा उम्मेद्वारी दिएको उहाँले बताउनुभयो ।  

भरतपुर ११ गोर्खाली टोल निवासी दवाडीले यसअघि अष्ट्रेलिया र नेपालका विभिन्न सामाजिक संस्थाहरुमा प्रत्यक्ष सहभागी भएर काम गरेका थिए ।  उहाँले २०१७ र २०१९ मा एनआरएनए अष्ट्रेलियाको राज्य समन्वय समितिमा रहेर कार्यसम्पादन  गर्नुभएको छ ।  

संस्थाप्रतिको माया र जिम्मेवारी महसुस गर्दै सामाजिक सोच र भावनाको प्रतिनिधित्व गर्न आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । सबैको साथ र सहयोगबाट ६ जुलाई, २०१९ मा हुने निर्वाचनमा उहाँले जित्ने विश्वास गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस