चितवन । भरतपुर महानगरपालिकाको गोन्द्राङमा रहेको ढाट काण्डमा थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज रत्ननगर नगरपालिका–३ का २३ वर्षीय मनिष पौडेललाई पक्राउ गरिएको हो ।
उनलाई घटनास्थलमा लिइएको भिडियोका आधारका पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए । यसअघि ३ जना पक्राउ परिसकेका छन् ।
गोन्द्राङमा रहेको कर संकलन गर्ने ढाट सार्न माग गर्दै पुर्वि चितवनका स्थानीयले गत ३ गते ढाटमा तोडफोड गर्नुका साथै आगलागीको प्रयास गरेका थिए । सो क्रममा पेट्रोल छर्केर आगो लगाउने क्रममा आगोले जलेर प्रहरी असइ कल्पना पौडेल घाइते भएकी छन् ।
प्रतिक्रिया दिनुहोस