गलेश्वर आश्रमको आयोजनामा देवघाटधाम धन–धान्याचलन विराट महायज्ञ हुने (भिडियो)

सोमबार, ०८ माघ २०७४, १७ : ३९

चितवन । पवित्र तिर्थ स्थल देवघाटधाममा रहेको शिव मन्दिर निमार्ण सहगार्थ विराट धनधान्याचल संचालन हुने भएको छ । गलेश्वर आश्रम परिसरमा निमार्णधिन अवस्थामा रहेको नर्मदेश्वर महादेव मन्दिरलाई पुर्णता दिन यहि माघ २१ गते देखि फागुन २ गतेसम्म महायज्ञ संचालन हुने सोमबार भरतपुरमा पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । महायज्ञका प्रमुख बाचक स्वामी आत्मनन्द गिरि महराजले बैदिक सनातम धर्म संस्कृति र संंस्कृतविद्याको संरक्षण तथा आध्यात्मिक चेतनाको प्रचार गर्न महायज्ञले सहयोग पु¥याउने उहाँले जानकारी दिनुभयो ।

महादेव मन्दिर निमार्णका लागि अहिले सम्म ८ करोड बढी खर्च भईसकेको छ । मन्दिर अहिले निमार्ण गरिएको भएपनि १ सय बर्ष पहिलाको प्यागोडा शैलीबाट निमार्ण गरिएकाले देवघाटको गौरव बढाएको स्वामी गिरिले जानकारी दिनुभयो । मन्दिरमा नर्मदेश्वर शिवलिङग एवं महावीर हनुमानजी र सरवस्तीको विधिपूर्वक प्राण प्रतिष्ठा गर्ने कार्यक्रम पनि रहेको छ । महायज्ञ संचालन गर्न २ करोड खर्च हुने अनुमान गरिएको छ । महायज्ञको राष्ट्रिपति विद्या देवि भण्डारीले उद्घाटन गर्ने बताईएको छ ।

महायज्ञमा नेपाल सरकारका प्रधानमन्त्रि , सुरक्षा प्रमु्ख एवं राजनैतिक दलका प्रमु्खहरुले कार्यक्रम अवलोकन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । यहायज्ञमा आउने भक्तजनको लागि निःशुक खान र बस्नको लागि व्यवस्था मिलाईएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकरी दिनुभयो । त्यसतै महायज्ञको अन्तिम दिन फागुन २ गते नवर्निमित विशाल शिवमन्दिर र धर्मशालाको समुद्घाटन गर्ने कार्यक्रम रहेको उहाले जानकारी दिनुभयो ।

११ दिनसम्म संचालन हुने महायज्ञमा अतिरुद्री, शतचण्डी , ब्रहागायत्री मन्त्रद्धारा लक्षहवन गरिनुका साथै पाठपारायण हुनेछ । त्यसतै महायज्ञ अवधिभर १०८ श्रीमदभागवत, गणेशपुराणका साथै , भुमिदान ,तुलादान र गौदान पनि गर्न सकिने स्वामी आत्मनन्दले जानकार िदिनुभयो । ३ सय बाह्रमण्डले पाठ परायण गरिने महायज्ञ सम्पन्न गर्न विभिन्न ३३ उपसमिति गठन गरिएको क्षेत्र विकास समितिका अध्यक्ष पौडेले जानकारी दिनुयभो ।

प्रतिक्रिया दिनुहोस