बलात्कार गरेको आरोपमा दुई प्रहरी निलम्बित

सफल खबर संवाददाता

सोमबार, ०६ जेठ २०७६, १३ : १३
बलात्कार गरेको आरोपमा दुई प्रहरी निलम्बित

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत  प्रहरीलाई बलात्कारको आरोप लागेको छ । प्रहरी जवान प्रेम खड्का र पाटेश्वर  यादवमाथि १७ वर्षीया किशोरी र २६ वर्षीया महिला बलात्कार गरेको स्थानियको आरोप छ । 

जिल्ला प्रहरी कार्यालय, नवलपरासीका नायव प्रहरी उपरीक्षक वीरेन्द्र थापाले बलात्कार आरोपित दुवै जवानलाई निलम्बन गरि  जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको बताए ।

गत वैशाख १ गते घाँस काट्न गएका उनीहरुलाई जवानद्वयले बलात्कार गरेको  स्थानीयको दाबी छ । तर, घटनालगत्तै पीडितले मुख नखोलेर केही दिनपछि मात्रै यसबारे प्रहरीकोमा उजुरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस