पर्वतमा बम विस्फोट हुँदा दुइ जना घाइते

सफल खबर संवाददाता

सोमबार, ०६ जेठ २०७६, ११ : १५
पर्वतमा बम विस्फोट हुँदा दुइ जना घाइते

सांकेतिक तस्विर

पर्वत । पर्वतमा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा दुइ जना घाइते भएका छन्  । 

बिहादी गाउँपालिका–६, शालीग्राममा  बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका हुन् । विस्फोटबाट गम्भीर घाइते घर्तीको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बम विस्फोट हुँदा नजिकै रहेका १६ वर्षीया किशोर समीरा राना पनि घाइते  भएका छन् । सामान्य घाइते रानाको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पर्वतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीले घर्तीले माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गर्दा विस्फोट भएको जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस