कांग्रेसको महिला संघमा लफडा

देउवालाई एक्लाउँदै पौडेल–सिटौला पक्ष एकातिर, मोरङ सभापतिलाई कारवाहीको पत्र

सफल खबर संवाददाता

सोमबार, ०६ जेठ २०७६, ०८ : ४७
कांग्रेसको महिला संघमा लफडा

काठमाडौँ । भद्रगोल भातृ सस्थाको ब्यवस्थापनमा चुकेको काग्रेसको महिला संगठनमा लफडा चर्किएको छ । पार्टी सभापतिसँग वाकयुद्दमा रहेका नेता शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलालाई साथमा लिएर देउवा पक्षको योजना तुहाइृदिएपछि अहिले महिला संघभित्रको लफडा चर्किएको छ ।

त्यसको झोक सभापति देउवाले प्रजातान्त्रिक विचार समाजको ११ औं महाधिवशेनमा देखाएका छन् ।  महिला संघमा देउवा निकट नेतृ उमा रेग्मी सभापति छिन् । उनले गत वैशाख २९ मा विराटनगरमा संगठनको तर्फवाट प्रशिक्षण तथा तालिम राखेकी थिइन् । तर शेखरले उनले राखेको तालिम भाडिदिएर पौडेल र सिटौलालाइृ साथ लिएर आफनो पक्षका तर्फवाट छुटै तालिम आयोजना गरिदिएपछि देउवा कोइरालासँग रिसाएका मात्र छैनन, महिला संघमा लफडा नै चलेको छ ।

विद्यार्थी संगठन नेविसंघको केन्द्रीय समिति विहिन रहेको, तरुण दलमा पनि चार जना मात्र पदाधिकारीले मात्र तीन वर्ष यता संगठन चलाएको अवस्था काग्रेसको भातृ संस्थामा छ । यस्तैमा दुई वर्ष अगाडी मात्र महिला संघले भने नेतृत्व पाएको थियो ।महिलाको उक्त अधिवशेनमा देउवा र सिटौला प्यानल मिलेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई ‘धुलो चटाएका’ थिए ।

५६ सदस्य निर्वाचित समितिमा देउवा पक्षकी सभापति उमा रेग्मीसहित ३३ जना, सिटौला पक्षकी महामन्त्री धना खतिवडासहित २२ जना बिजयी भएका थिए भने पौडेल पक्षबाट केन्द्रीय सदस्य कल्याणी रिजाल मात्र विजयी भइन् ।

महिला संघमा आफ्नो पक्षको उपस्थिति कमजोर भएपछि नेता पौडेल पहिलेदेखि नै समानान्तर समिति बनाउने मुडमा थिए । तर, सिटौलाको सहयोगबिना पौडेलले यस्तो आँट गरेका थिएनन् ।

पार्टीले २५ वैशाखदेखि ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको मौका सिटौलाले छोपे । उनले पार्टीले केन्द्रीय प्रतिनिधि बनाई खटाएको मोरङमा प्रदेश १ का १४ जिल्लाका महिला संघ सभापतिलाई तालिम दिने योजना बनाए ।

सिटौलाले महिलालाई तालिम दिने मिति २९ र ३० वैशाख तोक्न केन्द्रीय सभापति उमा रेग्मीसँग सल्लाह गरे । तर, रेग्मीले उनको सल्लाहबमोजिम चल्नुभन्दा आफ्ना सभापतिलाई प्रमुख अतिथि बनाएर धनकुटामा (पछि विराटनगरमै गर्ने सहमति भयो) तालिम दिने उपाय रचेकी थिइन् ।

मोरङ महिला संघकी सभापति शान्ता पौडेलसँग समेत उनको समन्वय थिएन । कहिले सिटौला त कहिले कोइराला गुटमा देखिने पौडेलले पनि मोरङ गृह जिल्ला भएका डा. शेखर कोइरालासँग सल्लाह गरिन् । र, आफूहरुलाई माइनस गर्न खोजेको भन्दै केन्द्रीय सभापति उमा रेग्मीलाई चुनौती दिइन् ।

२९ वैशाख बिहान विराटनगरमा तालिमका लागि तयार भएकी रेग्मी त्यसवेला अचम्ममा परिन् जतिबेला उनको सक्रियतामा हुने तालिममा प्रदेश १ का तीन जिल्लाका सभापतिबाहेक अन्य ११ जनाले सहभागी नहुने सूचना दिए ।

जिल्ला सभापतिले नै चालिममा सहभागी नहुने वताएपछि रेग्मीको योजना तुहियो । तर तालिममा सहभागी नहुने भनेका तीनै ११ जना सभापतिहरु सोही दिन पौडेल–सिटौला खेमाले आयोजना गरेको तालिममा सहभागी भए । त्यहा पौडेल, सिटौला र शेखर कोइराला विशेष अतिथि भएर तालिमको उद्घाटन भयो ।

आफ्नो तयारी विथोलेर अलग्गै तालिम को आयोजना गरेपछि सभापति रेग्मी असन्तुष्ट छिन् । महिला संघकै व्यानरमा तालिम भएपछि अध्यक्ष रेग्मी आफ््ना पदाधिकारीसहित सभापति देउवालाई भेट्न पुगिन् । उनीसँग थिइन्, सिटौला पक्षकी महासचिव धना खतिवडा ।

बूढानीलकण्ठ स्रोतका अनुसार सभापति देउवासँग अध्यक्ष रेग्मीले प्रदेश १ का तीन जिल्लाका महिला संघ सभापातिबाहेक सबैलाई कारवाही गर्नुपर्ने माग राखिन् ।

उनले ताप्तलेजुङकी मीना गुरुङ, खोटाङकी रामकुमारी राई र उदयपुरकी लीला राईबाहेक सबै ११ महिला संघ सभापतिलाई अनुशासनको कारबाहीस्वरूप पार्टीबाट निष्कासन गर्न माग गरिन् ।

चुपचाप बसेका देउवालाई सँगै गएकी धना खतिवडाले आफू बिनाकारण कारबाही गर्ने पक्षमा नरहेको बताएपछि देउवाले सबैलाई कारबाही गर्ने प्रस्ताव अस्वीकार गरिदिए ।

त्यसपछि महिला संघ अध्यक्ष रेग्मीले मोरङ सभापति पौडेललाई भने अनुशासनको कारबाही गर्न भन्दै पत्राचार गरेको वताइन्छ ।

पौडेललाई अनुशासनको कारबाही गर्ने निर्णयमा महिला संघका सात पदाधिकारीमध्ये दुईजनाले भने हस्ताक्षर गरेका छैनन् । महासचिव धना खतिवडा र कोषाध्यक्ष जानुका सिंहले त्यस्तो निर्णयप्रति असहमति जनाएका छन् ।

देउवाउसँग भेट गर्नुअघि महिला संघको पदाधिकारी टोलीले महामन्त्री पूर्णबहादुर खड्कासँग सल्लाह गरेको थियो । खड्कासँग पनि महासचिव खतिवडाले कारबाहीको पक्षमा आफूहरु नरहेको बताएकी थिइन् ।

तर, कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडकी धर्मपत्नी मञ्जु खाँडले ‘कारबाही गर्नैपर्छ’ भनेपछि सभापति रेग्मीले मोरङ सभापतिलाई कारवाहीको पत्र पठाएको स्रोतले वतायो ।

 

प्रतिक्रिया दिनुहोस