डिआइजीकै घर लुट्नेलाई काठमाडौंमा गोली हानी नियन्त्रण

सफल खबर संवाददाता

सोमबार, ०६ जेठ २०७६, ०८ : ४२
डिआइजीकै घर लुट्नेलाई काठमाडौंमा गोली हानी नियन्त्रण

काठमाडौं । प्रहरीले काठमाडौँको टोखाबाट एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ । काले भन्ने बिष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्राप्त जानकारीअनुसार, उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो । उनलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

घाइते उनलाई नियन्त्रणमा लिई उपचारका लागि प्रहरीले बिर अस्पताल लगेको छ । काले प्रहरीको सर्वाधिक खोजी सूचिमा थिए । तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृंखलावद्ध चोरी र डकैतीमा संलग्न काले ६ वर्ष जेल बसेर छुटेका थिए ।
 

प्रतिक्रिया दिनुहोस