काठमाडौं । एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, मेचीनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारीमा सोमबार एक समारोहका बीच औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यबाट धुलाबारी शाखा र काकरभिट्टा शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको हो ।
२ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
प्रतिक्रिया दिनुहोस