अब मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम आउँदै

सफल खबर संवाददाता

आइतबार, ०५ जेठ २०७६, १६ : ५९
अब मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम आउँदै

काठमाडौं । अब मोटरसाइकल पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने नियम आउने भएको छ । 
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) वसन्त पन्तले उक्त जानकारी दिएका हुन् ।

दुई पाङग्रे सवारी साधन बढि दुर्घटना हुने भएकाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त स्टिकर हेल्मेट ल्याइने एसएसपी पन्तले जानकारी दिए । एसएसपी पन्तले सवारी चालकहरुलाई मध्यनजर गर्दै अनलाइन पेमेन्ट पनि ल्याइने तयारी भइरहेको र केही मनिामै यसले पूर्णता पाउने बताए । उनले उपत्यकाको १० ठाउँमा नमूना सडक बनाइने तयारी भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस