विवाहित महिलाको बलात्कार : बलात्कारी फरार, सहयोगी पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०५ जेठ २०७६, १२ : ५७
विवाहित महिलाको बलात्कार : बलात्कारी फरार, सहयोगी पक्राउ

चितवन । विवाहित महिलालाई बलात्कार गरेर ३० वर्षीय बलात्कारी फरार भएपछि प्रहरीले सहयोगीको आरोपमा २८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । 
पूर्वी चितवनकी २५ वर्षीया महिलामाथि शनिबार बलात्कार भएको र बलात्कारीलाई सहयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ ।
प्रहरीमा आएको उजुरी अनुसार आरोपी २ जना पीडितको घरमै शनिबार बिहान ३ बजे गएका थिए । एक जना बाहिर बसेको र एक जनाले बलात्कार गरेर भागेको भनी उजुरी परेको प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए । 
विवाहित महिला बलात्कार गर्ने व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलालाई उनकै श्रीमानको साथीले बलात्कार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस