जनताको मन जितेर काम गर्न स्थानीय जनप्रतिनिधीलाई प्रचण्डको निर्देशन

फाष्ट ट्याक, ललितपुरको समृद्दि र विकासका लागि प्रधानमन्त्री सहितको जनप्रतिनिधीको वैठक राख्न आफुले पहल गर्ने प्रचण्डको भनाई

सफल खबर संवाददाता

आइतबार, ०५ जेठ २०७६, ०९ : ११
जनताको मन जितेर काम गर्न स्थानीय जनप्रतिनिधीलाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले स्थानिय जनप्रतिनिधीलाई  जनताको मन जितेर काम गर्न निर्देशन गरेका छन् । ललितपुर महानगरपालिका वडा न २६ को ढोलाहिटीको नवर्निमति भवनको आज विहान उदघाटन गदै प्रचण्डले संघीयतामा तीन तहको सरकार सिंहदरवारको अधिकार गाउँतहसम्मै पु¥याउने उदेश्यका साथ निर्माण गरिएकोले जनप्रतिनिधीले जनताको मन जितेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले केन्द्रीकृत संरचनामा रहेको सिंहदरवारवाट जनताले सेवा लिन नसकेको ठानी तिन तहको सरकार वनाएको र नयाँ संरचनाले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए ।

‘जनप्रतिनिधीले एकतावद्ध भएर उदेश्य प्राप्तीमा मेहनत गर्न जरुरी छ । जनतालई राम्रो सेवा सुविधा दियौं भन्ने प्रमििणत गर्नु आवश्यक छ । सिंह्दरवारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्र्तगतकै तीन तहको सरकार बनेको हो । यो स्थानिय तह जनताको सेवा सुविधाका लागि हो, । यहाँको जनप्रतिनिधीले जनताका वीचमा आफुलाई काम गरेको प्रमाणित गर्नुपर्छ । ’ प्रचण्डले भने ।

वजेट र पूर्वाधारको अभावले अपेक्षा अनुसार प्रत्यक्ष रुपमा सेवा प्राप्त गर्न नसकेपनिअव भने सबैले ध्यान त्यसैमा केन्द्रीत गर्नुपर्ने प्रचण्डको भनाई थियो ।

अहिले ऐन नियम वनिनसकेको र अभाव रहेकै वेला हिजोको एकात्मक राज्य नै ठिक भन्नेहरु अलि अलि सल्वलाउन थालेपनि क्रमशः विकास निर्माणले गति लिन थालेकोले जनताको अपेक्षा अनुसारको काम हुदै जान थालेको प्रचण्डले बताए ।

उनले आफुले ललितपुरमै बसेर विद्रोहको तयारी गरेको, शान्ति प्रक्रियापछि पनि ललितपुरमै वसेको र अहिले ललितपुरमै आफनो वसाईरहेकोले पनि ललितपुर जिल्लासँग भावनात्मक सम्वन्ध रहेको बताए ।

ललितपुरको समृद्दि र विकास आफ्नो पनि चाहाना रहेको भन्दै प्रचण्डले यसका लागि प्रधानमन्त्री सहतिको जनप्रतिनिधीहरुको वैठक राख्न आफुले पहल गर्ने बताए ।

‘फाष्ट ट्याक र ललितपुरको विकासका लागि प्रधानमन्त्री सहतिको वैठक राख्न म पहल गछु, प्रचण्डले भने, ‘ललितपुर जिल्लाको समृद्धि र यहाको जनताको हितको निम्क्ति निरन्तर सहयोग गर्ने आश्वासन दिन्छु ।’


 

प्रतिक्रिया दिनुहोस