अपडेटः त्रिशुलीमा खसेको बसमा मृत्यु हुनेको संख्या ५ पुग्यो

सफल खबर संवाददाता

आइतबार, ०५ जेठ २०७६, ०८ : ०३
अपडेटः  त्रिशुलीमा खसेको बसमा मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । धादिङ त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

काकडभिट्टाबाट काठमाडौं आउादै गरेको ना ७ ख ४३८७  नम्वरको यात्रुबाहक वस विहान गजुरी गाउँपालिका ६ बन्छेटारस्थित नदीमा खसेको थियो । प्रहरीका अनुसार, चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा २९ जना घाईते भएका छन् । घाईतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ । अन्य घाईतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस आज विहान ६ वजे खसेको हो । सडकबाट ६० मिटर तल त्रिशुली नदिमा वस खसेपछि नेपाली सेना, शसस्त्र प्रहरी र जनपद प्रहरीले उद्धार कार्य गरिरहेको छ । थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस