ईश्वर पोखरेलले पार्टीभित्र किन ठाने आफैँलाई असुरक्षित ?

पार्टी एकता पूर्व माधव नेपालसँग चनाव लडने योजना बुनाएका ईश्वर पोखरेलले पार्टी एकतापछि भएको महासचिव पद पनि गुमेपछि अहिले संगठन विभागतिर आँखा लगाउन थालेका छन ।

सफल खबर संवाददाता

आइतबार, ०५ जेठ २०७६, ०७ : ३१
ईश्वर पोखरेलले पार्टीभित्र किन ठाने आफैँलाई असुरक्षित ?

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल आजभोलि निकै वैचारिक बन्न खोजिरहेका छन् । पद प्रतिष्ठाका लागि मरिहत्ते गर्ने पोखेरेल पार्टीमा निरन्तर खुम्चदो अवस्था देखेर आफै असुरक्षित महसुस गरिरहेका छन् ।

जसकाकारण पनि उनी आफनो भविष्य सुनिश्चित गराउनका लागि अनेक वखडा झिक्न थालेका छन् । एमाले माओवादी एकतापछि राजनीतिक रुपमा सवैभन्दा घाटा उनै पोखरेललाई भएको थियो ।

दुई दुई पटक पार्टी महासचिव भईसकेका पोखरेल एकतापछि सचिवालय सदस्यमा थन्किएका छन् । उनले तत्कालिन एमालेमा कार्यकारी भई चलाईरहेको महासचिव विष्णु पौडेलले उछ्टिाई दिए ।

एमाले माओवादी एकता नभई दिएको भए अध्यक्ष केपी ओलीको उत्तराधिकारी वन्दै आगामी महाधिवेशनमा उनी नेता माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए । ओलीले त्यसबारेमा मुख खोले पनि नखोले पनि उनको तयारी, गुटवन्दीले त्यसको छनक दिएको थियो । तर पार्टी एकतापछि उनको त्यो अपेक्षा टुटन पुग्यो ।

त्यसमाथी महासचिवको पद समेत उनको खोसियो । उनी सेरोमेनियलमा थन्किन पुगे । त्यसयता उनको वर्वराहट अहिलेसम्म रोकिएको छैन । पार्टी एकताको शुरु देखि नै कुनै न कुनै रुपमा उनले समाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा ‘विवादास्पद अभिव्यक्ति’ दिँदै आएका छन् । यसलाई ‘पोखरेलले महसुस गरेको असुरक्षा’का रूपमा राजनीतिक वृतमा लिन थालिएको छ ।

पछिल्लो पटक पनि उनले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल रहेको सार्वजनिक कार्यक्रममा आफुलाई विचारको नेतृत्वकर्ता देखाउन अनेक प्रयास गरे ।

पूर्व एमालेकै पङक्तिवाट समाजवादको रणनीतिक लक्ष्यमा पुग्ने कार्यनीतिक स्टेप कार्यदिशाका विषयमा नयाँ तवरले छलफल वहस गर्नुपर्ने माग उठिरहेका वेला उनी भने अहिले च्याप्टर नै क्लोज भईसकेको जवजको प्रवक्ता वन्न खोजिरहेका छन् ।

पार्टीभित्र अध्यक्षको उम्मेद्वार बन्ने आकांक्षामा तुषरापात लागेपछि, महासचवि पद पनि खोसिएपछि उनी नेताहरुको कार्यविभाजनको क्रममा संगठन विभागको नेतृत्व लिन चाहिरहेका छन् ।

तर अहिलेसम्म उनलाई अध्यक्षद्दयले संगठन विभागको जिम्मा दिन कुनै ग्रिन सिंग्नल देखाएका छैनन । उनको आकांक्षा सरकारमा समेत उपप्रधानसहित अर्थमन्त्री, गृहमन्त्री बन्ने थियो । तर त्यो पनि पोखरेलले पाउन सकेनन । त्यसपछि अहिले उनले पार्टीको प्रभावशाली मानिने संगठन विभागको जिम्मेवारी खोजेका हुन् ।

तर पोखरेललाई संगठन विभागको जिम्मेवारी दिने सवालमा अध्यक्षद्दय नै सकारात्मक वनिनसकेका कारण उनको त्यो सम्भावना पनि क्षीर्ण वनेको छ । त्यसपछि उनी असन्तुष्ट रहेका तत्कालिन एमाले नेता कार्यकर्ताको ‘सेन्टिमेन्ट क्यास’ गर्ने प्रयासमा लागेका छन् ।

उनले युवा संघको स्थापना दिवसका बेला सार्वजनिक रुपमै ब्यक्त गरेको अभिब्यीक्त त्यही असन्तुष्टिको पोको खोलेको धेरैको वुझाई छ । पार्टीभित्र अहिले उनको गुट पनि वलियो छैन । अध्यक्ष ओलीको उत्तराधिकारी वन्न खोजेपनि महासचिव विष्णु पौडेल सरह पनि उनी विश्वास जित्न सकेका छैनन । जसकाकारण एकतापूर्वको एमालेको अध्यक्ष ताकेका उनले एकीकृत पार्टीमा तत्काल अध्यक्ष ताक्ने आँट देखाउन सकेनन् । त्यही पिडामा वेला वेला पोखरेल सामाजिक सन्जाल देखि सार्वजनिक कार्यक्रममा रोदन वोलन थालेको नेकपाकै कतिपय नेताहरुको बुझाई छ ।

नेकपाले संगठन विभाग, स्कुलिङ, विदेश, प्रचार र आर्थिक विभाग सचिवालयकै नेताहरुले नेतृत्व गर्ने गरी कार्यविभाजन तयारी गरेपछि पोखरेल संगठन विभागको नेतृत्व हत्याउने दौडमा लागेका छन् । तर त्यो दौडधुप उनको काम नलाग्ने देखिएपछि उनी आफनो भविश्यप्रति थप चिन्तित बन्न थालेका छन् ।  जसकाकारण पनि अहिले देखि नै आफनो समुह वनाउने र गुटवन्दीमा लाग्ने योजना पोखरेलको देखिएको विश्लेषकहरुको ठम्याई छ । 

प्रतिक्रिया दिनुहोस