कांग्रेस, राप्रपा र विप्लव पार्टीका सयौं नेता कार्यकर्ता नेकपा प्रवेश

भन्छन्,– विरोधमात्र गर्ने मानसिकता बोकेको पार्टीमा देशको भविष्य देखिएन

सफल खबर संवाददाता

शनिबार, ०४ जेठ २०७६, १८ : ३९
कांग्रेस, राप्रपा र विप्लव पार्टीका सयौं नेता कार्यकर्ता नेकपा प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस, राप्रपा, विप्लव समूहलगायतका पार्टीमा आवद्ध एक सय १३ भन्दा बढी नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।

वानेश्वरमा शनिबार युवा संघ नेपाल काठमाडौं क्षेत्र नम्बर १ द्वारा आयोजित भेलामा उनीहरुले पार्टी प्रवेश गरेको घोषणा गरेका हुन् । क्षेत्र नम्बर १ का अध्यक्ष अजयजंग शाहीको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष किरण पौडेल लगायतले नव प्रवेशीहरुलाई नेकपामा स्वागत गरेका थिए । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वर्तमान समयमा युवा तथा आम नेपालीको पक्षमा काम गर्ने एकमात्र पार्टी भएकोले यस पार्टीमा प्रवेश गरेको प्रवेशीहरुले बताएका छन् । सरकारले गरेको राम्रा कामलाई पनि विरोधमात्र गर्ने मानसिकता बोकेको पार्टीमा आफ्नो र देशको भविष्य राम्रो नदेखेर नेकपामा प्रवेश गरेको उनीहरुले बताए । नेपाली युवाको भाग्य र भविष्य निर्धारण गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानको नेतृत्व गर्न नेकपाबाहेक अरु कुनै पनि पार्टीले नसक्ने नव प्रवेशीहरुको दावी छ । 
 

प्रतिक्रिया दिनुहोस