मिडिया काउन्सील विधेयक संसदबाट पास हुन नदिने देउवाको भनाइ

सफल खबर संवाददाता

शनिबार, ०४ जेठ २०७६, १५ : १२
मिडिया काउन्सील विधेयक संसदबाट पास हुन नदिने देउवाको भनाइ

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि हालतमा सरकारले ल्याएको मिडिया काउन्सीलसम्बन्धी विधेयक कांग्रेसले  सदनबाट पास गर्न नदिने बताएका छन् ।

शनिवार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै  देउवाले नेपालको संविधानले नै प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको बताए ।

देउवाले भने, ‘प्रेस स्वतन्त्रतामा जे पनि त लेख्न पाइन्छ नी, पहिला पनि त लेख्ने क्रम थियो, पत्रकार नै जे पाए त्यही त लेख्न आफैं पनि चाहँदैनन् नी ।’ पत्रकारले जे पाए त्यही लेख्दा समाजले त्यस्ता पत्रकारलाई नपत्याउने र आफैं सकिने सभापति देउवाले बताए ।
त्यस्तै उनले समय आएपछि कांग्रेसको महाधिवेशन बोलाउने बताए ।

देउवाले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुलुक र जनताको लागि सिङ्को समेत भाँच्न नसकेको बताए । सरकार मुलुक र जनताको पक्षमा परिवर्तन देखिने गरी काम गर्ने पक्षमा नदेखिएको देउवाको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस