भीआइपीका कार्यक्रममा अवरोध गर्न सिद्धार्थ राजमार्गमा शंकास्पद बस्तु

सफल खबर संवाददाता

शनिबार, ०४ जेठ २०७६, ०९ : ३७
भीआइपीका कार्यक्रममा अवरोध गर्न सिद्धार्थ राजमार्गमा शंकास्पद बस्तु

लुम्बिनी । भीआइपीहरु लुम्विनी आएपछि सिद्धार्थ राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ । राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली वुद्ध जयन्तीका लागि लुम्विनीमा छन् ।

लुम्बिनीमा बुद्धजयन्ती मनाइरहेका बेला बुटवल भैरहवा सडक खण्डकमा शंकास्पद बस्तु भेटिएको हो ।  सिद्धार्थराजमार्गको कोटिहवामा विस्फोटक पदार्थजस्तै देखिने वस्तु फेला परेपछि सेनाको टोली डिस्पोजल गर्न त्यहा पुगेको सुरक्षा निकायले पुष्टि गरेको छ ।

बमजस्तो बस्तु भेटिएपछि सवारीसाधन आवतजावत रोकिएका छन् । बुद्धजयन्तीकै अघिल्लो दिन शुक्रबार राति रुपन्देहीका कञ्चन गाउपालिकाको कञ्चन खोलामा पनि कुकर बम विस्फोट भएको थियो ।

राष्टपति र प्रधानमन्त्री लुम्बिनीमा भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारले प्रतिवन्धि लगाएको नेत्रविक्रम चन्दले केही समय देखि प्रधानमन्त्री जिल्ला जादा त्यहा वन्द गर्ने घोषणा गरेको कारण उक्त शंकास्पद वस्तु सोही पार्टीले राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । 

प्रतिक्रिया दिनुहोस